प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

डिसी नेपाल
१७ माघ २०७८ ११:३०
72
Shares

जनकपुरधाम । सर्लाहीबाट ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरीलाई पक्राउ गरेको हो।

इजराइलले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.