विमानस्थलबाट अवैध डलरसहित पाकिस्तानी नागरिक पक्राउ

डिसी नेपाल
१७ माघ २०७८ ११:४१
148
Shares

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमानलाई अवैध डलरसहित  प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट ४७ हजार १५० साउदी रियाल, ४ सय युएई दिराम, ओमानी रियाल ५ दशमलव ५ र एक सय भारतीय रुपैयाँ बरामद गरे प्रहरीले जनाएको छ । रेहमानलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.