बौद्धबाट रेष्टुरेण्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना पक्राउ
काठमाडौं । सरकारले कोरोना संक्रमणलाई रोक्न २५ जना भन्दा बढी भेला हुन रोक लगाएको र रेष्टुरेण्टमा दुरी कायम गरेर मात्रै बस्ने पाइने व्यवस्था गरेको भएपनि काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी नियम उल्लंघन गरी मानिसहरु भेला गरेर रेष्टुरेण्ट सञ्चालन गरेको सुराकीलाई पछ्याउदै गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए । परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनीहरुलाई नियन्त्रणमा लिएपछि जुवाडेहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको बताए ।
अनलाइन जुवामा प्रयोग भएका मोबाइल, बिङ्गो खेल्न प्रयोग हुने कुपन र नगद पनि प्रहरीले बरामद गरिसकेको छ । उनीहरुलाई जुवा ऐन र संक्रामक रोग ऐन दुवै आकर्षित हुनसक्ने प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment