५ हजार २९२ जना कोरोना सङ्क्रमित थपिए, ८ हजार १९१ जना कोरोनामुक्त

डिसी नेपाल
१७ माघ २०७८ १७:१७
380
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार ८८ जनामा परीक्षण गर्दा ५ हजार २९२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ३६८ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४७२ जनामा र ५ हजार ७२० जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९०.५प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७४३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ७९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.