गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी
काठमाडाै। काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो ।
सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ । १८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment