सोनाम ल्होसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखको विश्वास

डिसी नेपाल
१९ माघ २०७८ ८:२३
24
Shares

काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछार ९ल्होसार०को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको आफ्नै विशेषता र महत्व रहेको बताउँदे सभामुख सापकोटाले चन्द्र पात्रोमा आधारित यो नयाँ बर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको बताएका छन् ।

‘यस पर्वले सामुदायिक एकत्व, आपसी हित, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । भिन्न–भिन्न जात जातिले मनाउने पहिचान सहितका हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो।’ उनले भनेका छन् ।

सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकोले चाडपर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.