धनकुटामा टेम्पाे दुर्घटना हुँदा चालकको मृत्यु
धनकुटा। धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा टेम्पाे दुर्घटना हुँदा चालकको ज्यान गएको छ । उक्त दुर्घटनामा टेम्पाे चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको हो।
कोशी लोकमार्ग अन्तर्गत पचीयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको टेम्पाे गएराति सडकको नालीमा पल्टेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment