बालुवाटार पुगे प्रचण्ड

डिसी नेपाल
१९ माघ २०७८ १४:०५
112
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थानीय तहको निर्वाचनसहितका विषयमा छलफल भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएको भोलिपल्ट बुधबार प्रचण्ड बालुवाटार पुगेका हुन् ।

मंगलबार बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री सहमत भएका थिए । सोही बेला आयोग पदाधिकारी र गृहमन्त्रालयलाई निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.