बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

डिसी नेपाल
२० माघ २०७८ १२:५५
96
Shares

मोरङ। बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.