३ हजार १७५ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनामा परीक्षण गर्दा ३ हजार १७५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार २६ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनामा एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९२.२ प्रतिशत रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ६३ हजार २९६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment