पशुपति क्षेत्रमा अबैध फूल-उपहार पसल र टहरा हटाइँदै

डिसी नेपाल
२१ माघ २०७८ १०:२१
100
Shares

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ।

पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो।

कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्नेछ।

१५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.