१ हजार ५७० जना कोरोना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

डिसी नेपाल
२४ माघ २०७८ १७:२२
228
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनामा परीक्षण गर्दा १ हजार ५७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ८७४ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार २२ जनामा र ३ हजार ४९१ जनामा एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.६ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८२७ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ४० हजार १११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.