बालाजुबाट स्रोत नखुलेको करिव ७० लाख रुपैयाँसहित एक जना पक्राउ

डिसी नेपाल
२६ माघ २०७८ १२:५०
76
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.