स्रोत नखुलेको नगदसहित २९ वर्षीय ढुंगाना पक्राउ

डिसी नेपाल
२६ माघ २०७८ १३:०१
80
Shares

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ढुंगानालाई काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो।  उनको साथबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँ बरामत गरिएको छ। यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.