प्रचण्ड र माधव नेपालसँग प्रधानमन्त्रीको छलफल, एमसीसी अनुमोदन गर्न आग्रह

डिसी नेपाल
२७ माघ २०७८ १३:२३
92
Shares

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एक घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपाललाई एमसीसी पारित गर्न आग्रह गरेका थिए। तर उनीहरुले एमसीसी यथास्थितिमा पारित गर्न नसकिने जवाफ दिएका थिए।

एमसीसीका विषयमा जनस्तरमा ठूलो विरोध भइरहेको भन्दै जनस्तरको भावना बुझ्न सुझाव दिएका थिए।
प्रचण्डले चुनावपछि मात्रै एमसीसीलाई अगाडि बढाउनु पर्ने पुरानै भनाइ दोहोर्याएका थिए।

पछिल्लो समय एमसीसीलाई दिएर सत्ता गठबन्धनभित्र तनाव बढ्न थालेको छ। प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि पारित गर्ने पक्षमा छन् भने माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा त्यसको विपक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.