स्थानीय तह निर्वाचनः निर्वाचन आयोगका पदाधिकारी र सञ्चार मन्त्रालयबीच अन्तरक्रिया

डिसी नेपाल
२८ माघ २०७८ १८:३५
36
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको छ ।

स्थानीय तहको निर्वाचन केन्द्रित सूचना र समाचारलाई कसरी प्रभावकारी ढंगले प्रकाशन-प्रसारण गर्ने भन्नेबारे आयोगले शुक्रबार सञ्चार मन्त्रालयका प्रतिनिधि र सरकारी सञ्चार माध्यमका प्रतिनिधिसँग छलफल गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका समाचार सामग्री कसरी प्रभावकारी ढंगले प्रकाशन, प्रसारण गराउन सकिन्छ भनी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग सल्लाह छलफल गरेको आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

छलफलमा सञ्चार मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता विनोदप्रकाश सिंह सहभागी थिए । ‘स्थानीय तहको निर्वाचन केन्द्रित समाचार सामग्री प्रकाशन प्रसारणमा ध्यान दिनुपर्ने विषय र प्रभावकारी ढंगले समाचार उत्पादन गर्ने विषयमा सामान्य छलफल भएको हो । थप छलफल फेरि हुनेछ,’ अर्यालले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.