तिमी कसकाे ? काे ८० प्रतिशत छायांकन

डिसी नेपाल
२ फागुन २०७८ ११:१८
196
Shares

तेह्रथुम। नेपाली कथानक चलचित्र तिमी कसकाे? तेह्रथुममा छायांकन सकिएकाे छ। यस जिल्लाकाे पर्यटकीय क्षेत्रहरूमा ८० प्रतिशत छायांकन सम्पन्न भएको बताइएकाे छ।

माघको दाेस्राे हप्ताबाट छायांकन सुरु भएको चलचित्र शनिबार तेह्रथुमको चोलुङ पार्कमा ८० प्रतिशत सम्पन्न गरी टोली आइतबार काठमाडौ फर्किएको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए।

दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको चलचित्र तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे,सुजेपु तिनछाँगे झरना लगायत बिभीन्न स्थानहरुमा छायांकन भएको छ।

चलचित्र नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले ‘सर्ट’ दिइरहेका थिए।

देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन्।

चलचित्रमा आकाश अकुले संगीत भरेका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र सम्वाद छ।

चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका-९ सोल्मा काडेका मिर्गौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । चलचित्र नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.