आइएमई जनरल इन्स्योरेन्सको ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर आउँदै
काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सको ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर फागुन २२ गतेदेखि बिक्री खुल्ला हुने भएको छ। कम्पनले १०ः४ अनुपातमा ४० प्रतिशत अर्थात् ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर जारी गर्न फागुन १ गते बुक क्लोज गरेको छ । यस अनुसार, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
कम्पनीले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। यस हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘इक्रा आईआर बीबीबी’ ग्रेडिङ प्रदान गरिएको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था मध्यम कर्जा जोखिम रहेको बुझिन्छ ।
यस हकप्रद सेयरमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।







डिसी नेपाल








Facebook Comment