संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

डिसी नेपाल
१६ फागुन २०७८ १५:११
96
Shares

काठमाडौं। काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ।

आइतबार संसदले एमसीसी सम्झौैतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो। तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय पारेको छ।

शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए। उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन।

‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.