दिव्या दत्ताका ‘क्रस’ अभिनेता जब भाइ बने…

डिसी नेपाल
१९ फागुन २०७८ १४:५१
208
Shares

काठमाडौं। पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा छिन्। उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो।  दिव्याले हालै एक पुस्तकसमेत निकालेकी छन्।

पुस्यतकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन्। ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो । तर, मलाई फिल्ममा दुवैको बहिनी बनाइयो,’ दिव्याले भनिन्।

उनले सलमान आफूलाई बाल्यकालदेखि नै मन पर्ने बताइन्। ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिएँ। मलाई उनी निकै मन पर्छ। आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छुँ,’ दिव्याले भनिन्।

उनले आफूलाई बाल्यकालदेखि नै फिल्ममा देखिने रहर जागेको बताइन्। ‘मलाई फिल्ममा आउन मन थियो। त्यसैले कतिपटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेरे गर्थे। सलमानले मलाई क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने लागेको थियो, तर त्यसो भएन,’ उनले भनिन्।

दिव्याले वीरगतिमा सलमानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने ‘भाग मिखा भाग’ मा फरहानको बहिनीको भूमिका निर्वाह गरिन्। उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए। यद्यपि उनलाई त्यो भूमिका गर्न भने मन थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.