फ्यानको शाहरुखलाई प्रश्न-लाल सिंह चड्डा हेर्नु भयो ?
काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण मनोरञ्जन क्षेत्रले निकै कठिनाइ व्यहोर्नुपर्यो। सुरुमै बन्द हुने र सबैभन्दा पछि खुल्ने क्षेत्र नै मनोरञ्जन पर्यो। र पनि यो वर्ष र आउँदो वर्ष ठूला फिल्महरु प्रदर्शनमा आउँदै छन्।
बलिउडमै यो वर्ष आमीर खान अभिनित फिल्म ’लाल सिंह चड्डा’ प्रदर्शन हुँदै छ। हलिउडमा ब्लकबष्टर भएको फिल्म ’फरेस्ट गम्प’लाई आमीरले रिमेक गरेका हुन्। उनको फिल्म आउँदो अप्रिलमा रिलिज हुने भनिए पनि अन्ततः अगस्टमा पुगेको छ।
यसैबीच शाहरुख खानको कमब्याक भनिएको फिल्म ‘पठान’को पनि भिडियोमार्फत डेट घोषणा गरिएको छ। उनको फिल्म जनवरी २०२३ मा रिलिज हुँदै छ। पछिल्लो समय लगातार फिल्महरू असफल हुन् थालेपछि शाहरुखले केही समयको विश्राम पश्चात अभिनय गरेको फिल्म हो- पठान।
फिल्मको डेट घोषणा गर्दा फिल्मको केही झलक देखाइएको छ। यसले गर्दा पनि शाहरुखको फ्यान हर्षित छन्। आफ्नो फिल्म ‘पठान’ को डेट घोषणा भएपछि शाहरुखले ट्वीटरमा आस्क एसारके भनेर फ्यानहरुलाई प्रश्न सोध्न आग्रह गरे। जहाँ एक फ्यानले ’लाल सिंह चड्डा’ हेर्नु भयो? भनेर सोधेका छन्।
जवाफमा शाहरुखले भने, ‘अरे यार, आमर भन्छन् पहिले पठान देखाउ ।’ फिल्मको डेट घोषणा भएलगतै शाहरुखले फिल्मको पब्लिसिटी विस्तारै सुरु गरिसकेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्ममा शाहरुखले ‘स्पाइ एजेन्ट’को भूमिका निर्वाह गरेका छन्। फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा छन् भने सलमान खानले ’टाइगर’ अवतारमा केमियो गरेका छन्।







डिसी नेपाल








Facebook Comment