वामपन्थी नेता कृष्णराज बर्माको निधन

डिसी नेपाल
२२ फागुन २०७८ २०:४५
24
Shares

काठमाडौं । वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो ।

उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए। उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.