प्रीति कौरको ‘के को शान’ गीत सार्वजनिक

डिसी नेपाल
२३ फागुन २०७८ ९:३०
64
Shares

काठमाडौं। गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ। आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।

गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ। पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ। मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ।

कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गरिन्। लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताइन् । ‘करिब ६-७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु। साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.