पूर्वेली लोक गीत ‘सुपारी सुटुक्कै’ सार्वजनिक
काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।
‘द भ्वाइस अफ किड्स’ कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्मा को स्वरमा रहेको यो गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले ले भरेका छन् । गीतको एरेन्जमा राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमा मा रेकर्ड गरिएको यो गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन ।
पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् । गीतमा मुख्य अभिनय विल्सन विक्रम राई ,पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन , रुद्ध पाहिम , चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् ।







डिसी नेपाल








Facebook Comment