वसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व विधिवत सुरु
काठमाडौंको बसन्तुपुरस्थित हनुमानढोको दक्षिणतर्फ चीर ठडयाउँदै स्थानीय बासिन्दा। चीर ठडयाएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मानिन्छ। तस्वीर: प्रदीपराज वन्त/रासस
काठमाडाैं। रंगको पर्व फागु आज बिहीबार विधिवत सुरु भएकाे छ। आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएकाे हाे।
याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ। अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ। फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment