संखुवासभामा बस दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ जाँदै

डिसी नेपाल
२६ फागुन २०७८ १०:३७
552
Shares

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन्।

गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन्। ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ।

हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन्। घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पुर्‍याइँदैछ।

चैनपुरबाट हेलिकोप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए। घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ।

गाडी सड्कबाट तीन सय मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिए। यात्रुहरू कति थिए भन्ने यकीन नभएकाले खोजीकार्य जारी रहेको प्रजिअ खतिवडाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.