पञ्जाबमा आम आदमीलाई अप्रत्यासित सफलता

डिसी नेपाल
२६ फागुन २०७८ ११:५४
1.0k
Shares

नयाँ दिल्ली। पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ। मतगणनाकाे सुरुवाती रुझानमा आम अ‌ादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, क‌ंग्रेसले पार्टीले केबल १४ सीटमा अग्रता कायम गरेकाे छ।

११७ सिट भएको पन्जाबमा आम आद्मी ९१ सीटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ। पन्जावमा आम अ‌ादमीकाे विजय निश्चत भएसँगै अरबिन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ।

पन्जावमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ। ४८ वर्षीय मन सन् २०१४ मा आम अ‌ादमी पार्टीमा प्रवेश गरेका थिए। सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन्।

बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.