ऋषिको अन्तिम फिल्म हलमा नआउने
काठमाडाैं। अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुने घोषणा गरेका हुन् । यद्दपी फिल्म हलमा नभई ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन लागेको छ ।
हितेश भाटियाले निर्देशन गरेको यस फिल्ममा ऋषिसँगै परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ । फिल्म छायांकनमै रहदा ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment