एमाले अझै संसद विघटन गराउन चाहन्छ : प्रचण्ड

डिसी नेपाल
२९ फागुन २०७८ ११:४९
48
Shares

काठमाडौं। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अझै पनि संसद विघटन गराउन चाहने आरोप लगाएका छन्। प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका हुन्।

एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन्। जस कारण एमालेले संसदमा अवरोध सृजना गरेको प्रचण्डको भनाइ छ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे। निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.