झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
१ चैत २०७८ ११:१५
80
Shares

झापा। झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट अंदाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको सनाखत हुन सकेको छैन।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.