आविष्कार अनुसन्धानको विकासमा बजेट विनियोजन गर्नुपर्नेमा जोड
काठमाडौं । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका तर्फबाट तीनवटै तहको निर्वाचनका लागि घोषणापत्र निर्माण गर्दा आविष्कार अनुसन्धानको विकासमा कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्न प्रस्ताव पेश गर्ने बताएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँगको कुराकानीमा उनले कांग्रेस पार्टी र सरकारले आविष्कार एवं अनुसन्धानको विकासमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा सुझाव लिएका थिए ।
सो अवसरमा अध्यक्ष पुनले तीनै तहका सरकारले पूँजीगत बजेटको कम्तीमा पनि एक प्रतिशत आविष्कार, अनुसन्धान र प्रविधिका क्षेत्रमा विनियोजन गर्न सुझाव दिएका थिए । उनले प्रमुख राजनीतिक पार्टीले अनुसन्धान एवं आविष्कारको महत्व र आवश्यकतालाई महसुस गरी त्यसअनुसार नीति र बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
नेता महरसँगै आविष्कार केन्द्र पुगेका जनसम्पर्क समिति अमेरिकाका अभियानकर्मी ओम कोइरालाले आविष्कार केन्द्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।







डिसी नेपाल








Facebook Comment