एडीबीलाई परियोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको आग्रह
काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताएकी हुन्।
शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ। एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ,’ उनले भनिन्।
मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन्।
उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गरिरहेको बताइन् । ‘विकास निर्माणको योजना जनताले धेरै काम गरिरहेका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनाैँ,’ उनले भने ।
पूर्वाधार भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडीबीका प्रतिनिधिबीच छलफल भएको हो ।
छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए ।
उनले सहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिए । हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment