भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन-४ को विजेता
काठमाडौं । एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडल सिजन -४ को उपाधि अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगर विजयी भएका छन् । । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा उनले उपाधि हात पारेका हुन् ।
उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन -४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुलाई गिटार र १० लाख बराबरको बीमा प्रदान गरियो ।
यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।







डिसी नेपाल








Facebook Comment