सेनानी लामाको नेतृत्वमा नेपाली शान्ति टोली लिबियातर्फ

डिसी नेपाल
६ चैत २०७८ १९:५७
640
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लिबियामा तैनाथ हुन सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

स्पेशल गार्ड युनिट शान्ति सेनाका लागि खटिएको चौथो डफ्फा नेपाल एयरलायन्सको जहाजमार्फत गए राति मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.