यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा गोली चल्यो
काठमाडौं । शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा गोली चलेको छ । विवादमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको र प्रहरीले भीड नियन्त्रणका लागि गोली चलाएको हो ।
प्रर्दशनकारीले महिला प्रहरी जवानमाथि आक्रमण गरी घाइते बनाएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ‘शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीको आक्रमणमा नेपाल प्रहरीकी एकजना जवान गंभिर घाईते भएकी छन्’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले भने ।
स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । सो आक्रमणका कारण महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको छ । होली पर्वको दिन स्थानीय शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
लेताङ्गमा गोलि चल्यो भ्न्ने कुरा आयो कोइलाइ केहि थाहा छ?
? pic.twitter.com/ltSUUcKYKT— मलिका ? (@malikaagrgne) March 20, 2022







डिसी नेपाल








Facebook Comment