ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

डिसी नेपाल
७ चैत २०७८ ८:२८
116
Shares

ललितपुर। ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन्।

प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन्।

४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रैहरी मागिएको छ। आइतबार बिहान १० बजेबाट प्रहरीले फरम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए।

ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.