रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

डिसी नेपाल
७ चैत २०७८ १३:४०
32
Shares

काठमाडौं। रूकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहाताल गाउँपालिका–३ बस्ने २६ वर्षीय निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा ट्रकमा सवार २ जना घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।यस्तै, बैतडीको पाटन नगरपालिका–६ पाटनमा से।१ ख १२४२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार सूर्नया गाउँपालिका–३ बस्ने २५ वर्षीया दुर्गा चन्द रहेकी छन् ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ पठाइएको छ । अन्य ३ जना घाइते प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.