रसियाको अवैतनिक महावाणिज्यदूतमा डा. महतो नियुक्त
काठमाडौं । सरकारले पूर्व सांसद एवं माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोलाई रूसको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
महतोलाई रसियाका विदेश मन्त्रालयका मन्त्री ई.एस. ईभानोभ र कन्सुलर विभागका निर्देशक आई.के. भोलिन्किनले २४ सेप्टेम्बर २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
उनलाई परराष्ट्र मन्त्रालयले हालै ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेको छ । महतो नेपालको व्यावसायिक घराना महतो ग्रुप अफ कम्पनीका उपाध्यक्ष हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment