बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
९ चैत २०७८ १८:२८
40
Shares

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ फागुन ९ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो ।

महालक्ष्मी बिकास बैंकको खातामा पर्याप्त रकम नभएको भन्ने जानीरजानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनलाई उक्त सजाय सुनाएको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.