युवा संघका केन्द्रीय सदस्य बम पक्राउ
काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन युवा संघका केन्द्रीय सदस्य पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनलाई महानगरीय प्रहरी सोह्रखुट्टेले शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो ।
कालीकोट घर भई ठमेल बस्ने बमले ठमेलको इन्द्रेणी दोहोरी साँझमा कार्यरत एक महिलालाई लछारपछार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment