प्रहरीका ६ एसपीको काज सरुवा
काठमाडौं । स्थानीय तहको निर्वाचनको आचारसंहिता जारी हुनुअघि ठूलो संख्यामा प्रहरी कर्मचारीको सरुवाको तयारी भैरहेका बेला प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ । आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको जनाउदै नियमित सरुवालाई भने रोकेको छ । ६ एसपीको काज सरुवासँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।
काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा ऋषिराम कँडेलको सरुवा भएको छ । कोइराला चितवन ट्राफिक कार्यालयबाट मोरङ जान सफल भएका छन् । कँडेल पोखरा सशस्त्र प्रहरी गणमा थिए ।
सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियार केन्द्रीय कार्यालय, मोरङमा रहेका जनार्दन जिसीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी र पश्चिम नवलपरासीका मनोजकुमार यादवको गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएको छ । प्रहरी प्रधानकार्यालयले डीएसपी र प्रहरी नीरिक्षकको पनि सरुवा तयारी गरिरहेको छ ।







डिसी नेपाल








Facebook Comment