इटहरीमा बम विष्फोट !

डिसी नेपाल
१५ चैत २०७८ १०:३५
84
Shares

काठमाडौं । सुनसरीको इटहरी २ नवजागृति टोलमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । गएराती साढे १० मा सुतली बम विस्फोट २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको विराटनगर र धरानमा उपचार भैरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु आफैले सुतली बम ल्याएको र त्यही बम पड्किएको प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यलयका एसपी सन्जयसिंह थापाका अनुसार घट्ना अनुसन्धान भैरहेकाले यो विषयमा केही बताउन नसकिने बताए । ‘अहिले घाइेतहरुको अस्पतालमा उपचार भैरहेको छ उनीहरुको अवस्था सामान्य रहेकाले स्वास्थ्य उपचारपछि अनुसन्धान हुन्छ, हिमाल सुरक्षा परिषद लेखिएको पर्चा पनि भेटिएको छ’, एसपी थापाले भने ।

हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो । जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । पर्चामा संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.