एआईजी बढुवा सिफारिस लाेक सेवा आयोगद्वारा सदर

डिसी नेपाल
१५ चैत २०७८ १२:०१
156
Shares

काठमाडौं। नेपाल प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि लोक  सेवा आयोगले खुला गरेको छ। प्रहरी प्रधानकार्यालयले गरेको सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको भन्दै बढुवाको लागि खुला गरेको हो।

सरकारले प्रहरीमा थपेको एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि जेष्ठता, कार्यसम्पादन मूल्यांकन नमिलेको भन्दै अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए। समितिले छानवीन गर्दा कैफियत नभेटिएको भन्दै फिर्ता गरेपछि बढुवाका लागि बाटो खुलेको हो।

सरकारले यही १ चैतमा तीन जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो। बढुवा सिफारिस हुनेमा डीआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक छन्।

यसविरुद्ध ६ चैतमा डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएका थिए। बढुवा सिफारिसको क्रममा डीआईजीहरुको वरिष्ठता र कार्यक्षमता नहेरिएको उनको तर्क थियो ।

बढुवा सिफारिस गरिएकामध्ये पन्त आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । सिंह र धानुक एआइजी विश्वराज पोखरेलका व्याची हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.