काठमाडौंमा बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१८ चैत २०७८ १०:४४
264
Shares

काठमाडौं। काठमाण्डौको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो। बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.