स्थानीयले गरे मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता

डिसी नेपाल
१८ चैत २०७८ ११:१३
1.0k
Shares

काठमाडौं। मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् ।

स्थानियको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बल्खु पुलबाट सुन्दरीघाटजाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् ।

ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–ईमाडोल—ग्वार्को हुँदै संचालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.