व्यवसायी प्रशान्त झा सम्मानित

डिसी नेपाल
१८ चैत २०७८ १४:२६

काठमाडौं। कोभिडमा अक्सिजन व्यवस्थापन गर्ने व्यवसायी ई. प्रशान्त झा प्रधानमन्त्री देउवाबाट सम्मानित भएका छन् ।व्यवसायी झा रिपोर्टर्स क्लब नेपाल–२०७८ सम्मानबाट सम्मानित भएका छन्।

क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट झा सम्मानित भएका हुन् । कोभिड कालमा पुर्याएको अतुलनीय योगदानको लागि झालाई क्लबले विशेष सम्मान गरेको हो । झा. युवा उदयीमान व्यवसायी हुन् ।

झाले कोभिड–१९ को दोस्रो लहरमा अक्सिजनको चरम अभाव हुँदा संकटलाई समाधान गर्न सक्रिय भूमिका खेलेका थिए । उनले देशका विकट जिल्लाका अस्पतालमा छोटो समयमै अक्सिजन प्लान्ट जडान गरेर अक्सिजनको अभाव खड्किन नदिएको भन्दै सम्मान गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.