ग्वार्कोमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
१९ चैत २०७८ १०:०५
120
Shares

काठमाडौं। ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याङकर सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.