हुम्लामा एक पुरुष मृत भेटिए

डिसी नेपाल
६ वैशाख २०७९ २१:०८
40
Shares

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका –४ बुराउँसे गाउँ नजिकै सडकमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा जिल्लाको मध्य भेग सर्केगाड गाउँपालिका – ८ राहदेउ घर भएका लालसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्ष कृष्ण ओझाले जानकारी दिए ।

बुराउँसेमा नातेदार आफन्त बसोबास गर्दै आएको र उनीहरुलाई भेट्नको लागि सुनार गएको भन्ने बुझिन आएको छ ।

सुनारको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएसँगै थप जानकारी हुने प्रहरी प्रमुख ओझाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.