आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

डिसी नेपाल
७ वैशाख २०७९ ७:२४
172
Shares

काठमाडाैं। नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.