सैनिक आचारसंहिता कार्यक्रम सुरु

डिसी नेपाल
७ वैशाख २०७९ १७:३२
48
Shares

काठमाडौं । नेपाली सेनाले बुधबारबाट दुई दिने ‘सैनिक आचारसंहित कार्यक्रम, २०७९’ सुरु गरेको छ।

सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आज कार्यक्रमको शुभारम्भ गरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.